PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

भूकम्प पीडितले राहतको पहिलो किस्तासमेत पाएनन्



रासस

भूकम्प पीडितले राहतको पहिलो किस्तासमेत पाएनन्
फाइल फाेटाे

स्याङजाः भूकम्प पीडितले राहत नपाएको गुनासो गरेका छन्। उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन्। वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउँछन्।

'घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन,' उनले भने, 'बर्खाभरि पानी चुहिने, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने, जाडोबाट बच्न गाह्रो हुने भयो।' 

यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन नकसेको बताताउँछन्। रेग्मीलाई जस्तै वालिङ नगरपालिका–१२ का हुमनाथ पराजुलीलाई पनि राहत नपाउँदा समस्या भएको छ। उनले पहिलो किस्तासमेत पाउनु भएको छैन। उनले भने, 'घर पूर्ण रूपमा क्षति भएपछि भत्काएर जसोतसो बनाएँ, रातो कार्ड त दिएका छन्, राहतको पहिलो किस्तासमेत अहिलेसम्म पाइएको छैन।' 

जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या नौ हजार ३ सय ३३ रहेको छ। आठ हजार ७ सय ६६ को पूर्ण क्षति तथा ५ सय ६७ को घर आंशिक रुपमा क्षति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयले जनाएको छ। पाँच सय जनाले विभिन्न कारणले पहिलो किस्ता पाएका छैनन्।

कार्यालयका प्रमुख प्रविन ढकाल केही लाभग्राहीले सम्झौता नगरेको र केहीको नम्बर जुधेका कारण समस्या भएको बताउँछन्। उनले पहिलो किस्ता नपाएका लाभग्राहीलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरे। स्थानीय निकायलाई नै यसको जिम्मा दिने तयारीमा रहेकोले अब नयाँ कार्यविधि पारित भएपछि दशैँ पछाडि लाभग्राहीले सहज रूपमा रकम पाउने उनको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell