PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

शिक्षा नीतिका कारण मुलुकले दूर्भाग्यपूर्ण अवस्था भोगी रहेकाे छः उपप्रधानमन्त्री पोखरेल



पहिलोपोस्ट

शिक्षा नीतिका कारण मुलुकले दूर्भाग्यपूर्ण अवस्था भोगी रहेकाे छः उपप्रधानमन्त्री पोखरेल

काठमाडाैँः उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले दक्ष जनशक्ति निर्माण गर्न अहिलेकाे शिक्षा नीतिलाई परिवर्तन गर्ने बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले दक्ष जनशक्ति निर्माणका लागि सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने योजना अघि सारे।

मंगलबार काठमाडौंको महाराजगंजस्थित शिवपुरी माध्यामिक विद्यालयको ७० औं वार्षिकोत्सव कार्यक्रममा उनले शैक्षिक बेरोजगारको संख्यालाई बढाउने शिक्षा नीतिकै कारण मुलुकले दूर्भाग्यपूर्ण अवस्था भोगी रहेको उल्लेख गरे।

त्यसलाई अन्त्य गर्न सरकारले ७० प्रतिशतभन्दा बढि प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने गरी पाठ्यक्रमहरुको निर्माण गर्ने उपप्रधानमन्त्री पाेखरेलले प्रतिवद्धता व्यक्त गरे। शिक्षालाई जीवन उपयोगी बनाउन पनि ७० प्रतिशत भन्दा बढी व्यवसायिक तथा प्राविधिक शिक्षा लिने व्यवस्था गर्नुको विकल्प नरहेको उनको भनाइ छ।

उपप्रधानमन्त्री पोखरेलले माध्यामिक तहसम्मको शिक्षालाई निःशुल्क बनाउने संविधानको मौलिक हकसम्बन्धि व्यवस्थालाई कार्यान्वयनमा ल्याउन ढिलाई नहुने पनि स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell