PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने



पहिलोपोस्ट

प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने

काठमाडाैँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन्।

त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी वरिष्ठ इन्जिनियरहरुको पनि व्यवस्था गरेको छ। पुनर्निर्माणको कामलाई तीव्रता दिन भूकम्प प्रभावित सबै स्थानीय तहमा वरिष्ठ इन्जिनियर रहने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए। उनले वरिष्ठ इन्जिनियरहरुको सेवा र सुविधा दिने व्यवस्था विश्व बैंकबाट मिलाउन लागिएको पनि स्पष्ट पारे।

प्राधिकरणले सेवाग्राहीले अनुदान सहज ढंगले पाउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ। मंगलबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भइरहेको जानकारी दिए। उनले काष्ठमण्डवको कामलाई तीव्रता दिन आवश्यक काठ, कालीगढको व्यवस्था भइसकेको जानकारी दिएर। प्राधिकरणले शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा पनि ढिलाइ नहुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell