PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

कांग्रेसले रातो किताब खोज्दा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध



पी बी खड्का

कांग्रेसले रातो किताब खोज्दा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत: झण्डै दुई महिनापछि बसेको कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। प्रदेश सरकारले गरेको गतिविधि र कामप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

पहिलो पटक आफ्नै संसद भवनमा बसेको बैठकमा प्रतिपक्ष दलका सांसद दिनबन्धु श्रेष्ठले विशेष समय मागेर अहिलेसम्म सरकार संसदप्रति गम्भीर नबनेको आरोप लगाए। उनले बजेट ल्याएको चार महिना वितिसक्दा पनि अझै रातो किताब उपलब्ध नगराएको भन्दै सरकारप्रति असन्तुष्टि पोखेका थिए ।

‘सरकार आफ्नै ढङ्गले चलेको छ, संसदलाई कुनै विजनेस दिन नसक्ने २-२ महिनासम्म संसद बन्द, सरकारले के गरिरहेको छ?’ उनले भने,‘बजेट आएको अव चार महिना पुग्छ, खोइ अहिले रातो किताब ?’ उनले प्रश्न गरे।

जनताले कहाँ कति बजेट छ भन्दा जवाफ दिने ठाउँ नभएको उनले बताए। सरकारले अहिलेसम्म जनताको समस्या र गुनासोप्रति कुनै संवेदनशीलता नदेखाएको उनको आरोप थियो। बजेट कार्यान्वय हुन नसकेर आलोचना भइरहँदा पनि सरकारले कुनै योजना र संयन्त्र बनाउन नसकेको सांसद श्रेष्ठले बताए।

मुख्यमन्त्री शाहीले संसदमा जवाफ नदिएसम्म सदन अवरुद्ध पार्ने भन्दै प्रतिपक्ष दलका सांसदहरुले उठेर विराेध जनाउदा बैठक चल्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell