PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

विचाराधीन मुद्दामा समाचार लेख्दा न्याय सम्पादनमा समस्या : प्रधानन्यायाधीश मिश्र



पहिलोपोस्ट

विचाराधीन मुद्दामा समाचार लेख्दा न्याय सम्पादनमा समस्या : प्रधानन्यायाधीश मिश्र

काठमाडौँः प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलार्इ आग्रह गरेका छन्।

संवैधानिक तथा कानून पत्रकार मञ्चले मंगलबार वडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने, 'विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु।' 

प्रधानन्यायाधीश मिश्रले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायलयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानुन व्यवसायी र सञ्चारमाध्यमको सहयोगको आवश्यकता भएको बताए।

न्यायलयको क्षेत्रमा सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने गरी न्यायलयले काम गरिरहेको स्पष्ट पार्दै उनले प्रेसलाई आफूले सम्मान गर्ने र न्यायलयमा पनि प्रेसलाई बाटो खुला रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell