PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रहरीको 'एम्बुस'मा दुर्लभ वन्यजन्तुका चार जना छाला तस्कर



पहिलोपोस्ट

प्रहरीको 'एम्बुस'मा दुर्लभ वन्यजन्तुका चार जना छाला तस्कर

काठमाडौः दुर्लभ वन्यजन्तु चितुवको छाला कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले नागढुङगाबाट मंगलवार राति उनीहरुलार्इ पक्राउ गरेको हो। प्रहरीले विशेष सूचनाको आधारमा राति एम्बुस राखेर चेकिङ गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए।

पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय सुराजन थापा, गोरखा जिल्ला बस्ने २३ वर्षीय सलिम मियाँ, स्याङ्जा रत्न नगर वडा नम्बर १ बस्ने २३ वर्षीय सोमराज श्रेष्ठ र  अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय मानबहादुर नेपाली रहेको डिएसपी बोगटीले बताए।

उनीहरूको साथबाट प्रहरीले ४ थान चितुवाको छालासमेत बरामद गरेको छ। उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय पठाएको डिएसपी बोगटीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell