कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले मन्त्री मण्डल बिस्तार गरेको छ। प्रदेश सरकारले एकजना राज्यमन्त्री थप गरेको हो। कंचनपुर क्षेत्र नम्वर – ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाश रावललाई ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ नियुक्ति गरिएको छ।
रावललाई एक कार्यक्रमकाबिच आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको शपथ गराए।
रावल राज्यमन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय भएको छ।