PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

टी–२० वर्ल्डकप क्वालिफायरः चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत, आठ ब्याट्सम्यान शून्यमै आउट



पहिलोपोस्ट

टी–२० वर्ल्डकप क्वालिफायरः चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत, आठ ब्याट्सम्यान शून्यमै आउट
फोटोः रमन शिवकोटी

मलेसियामा भइरहेको आइसीसी टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत चीनले नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत गरेको छ। चीनले १३ ओभरमा अलआउट हुँदै २६ रनमात्र जोडेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको चीन नेपालको धारिलो बलिङसामु टिक्न सकेन। चीनका लागि ओपनर होङ जियाङ यान बाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। यान ११ रन बनाएर आउट भए। आठ ब्याट्सम्यान शून्यमै आउट भएका छन्। 


बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले समान तीन/तीन विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell