PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

टी-२० वर्ल्डकप क्वालिफायरः चीनमाथि नेपालको १० विकेटको जीत, ११ बलमै लक्ष्य पूरा



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायरः चीनमाथि नेपालको १० विकेटको जीत, ११ बलमै लक्ष्य पूरा
फोटोः रमन शिवाकोटी

मलेसियामा जारी आइसीसी टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नपालले चीनमाथि १० विकेटको जीत हासिल गरेको छ। चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले एक ओभर पाँच बलमै पूरा गर्दै लगातार पाँचौँ जीत हासिल गरेको हो। नेपालको जीतमा ओपनरद्वय विनोद भण्डारी र प्रदीप ऐरीको साझेदारी नै काफी बन्यो।

भुटानविरुद्धको खेलमा शूल्यमा आउट भएका विनोदले विस्फोटक ब्याटिङ गर्दै ८ बलमा २४ रन बनाए। यस्तै, प्रदीपले तीन बलमा ४ रन जोडे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चीन नेपालको धारिलो बलिङसामु टिक्न सकेन। चीनका लागि ओपनर होङ जियाङ यान बाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। यानले ११ रन बनाए। चीनका आठ ब्याट्सम्यान शून्यमै आउट भए। 

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले समान तीन÷तीन विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell