PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दुई सौन्दर्य प्रतियोगिताको अडिसन एकै दिन



पहिलोपोस्ट

दुई सौन्दर्य प्रतियोगिताको अडिसन एकै दिन

काठमाडौँः  ​​​जेनिथ इन्टरटेनमेन्टको ‍आयोजनामा दुई सौन्दर्य प्रतियोगिताको अडिसन सम्पन्न भएको छ। ‘लिटल मिस एन्ड मास्टर नेपाल २०१८’ र ‘मिस्टर एन्ड मिस टिन प्लानेट २०१८’का पहिलो अडिसन सम्पन्न भएको हो।

२० जना प्रतिस्पर्धी सहभागी भएको अडिसनमा १४ जना छनोट गरिएका छन्। अडिसनमा मिसेस हेरिटेज इन्टरनेसनल रजनी थापा, फोटो पत्रकार श्रीधर पौडेल र अभिनेत्री दीपशिखा खड्का निर्णायक रहेका थिए।

८ देखि १९ वर्षका बालबालिका प्रतियोगितामा सहभागी थिए। सौन्दर्य प्रतियोगिताका बिजेताहरुले नगदसँगै पुरस्कार पाउने आयोजकले जनाएको छ।दोस्रो अडिसन कार्तिक १० गते हुने प्रतियोगिता आयोजक बिक्रम सिंह मैनालीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell