PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सीतापाइलमा सवारी दुर्घटनामा एक युवकको मृत्यू



पहिलोपोस्ट

सीतापाइलमा सवारी दुर्घटनामा एक युवकको मृत्यू

काठमाडौः सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा गए राति २ बजे मनमोहन अस्पतालमा मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि रहेका काभ्रेकै २३ वर्षीय प्रकाश तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell