PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्वचालित पेस्तोल सहित एक युवक पक्राउ



पहिलोपोस्ट

स्वचालित पेस्तोल सहित एक युवक पक्राउ

काठमाडौः प्रहरीले एक जनालाई पेस्तोल सहित पक्राउ गरेको छ।

पर्सा प्रहरीले मंगलवार साँझ पर्सा पर्टेर्वासुगौलि गाउँपालिका वडा नम्वर ४ वस्ने २५ वर्षीय मनोज पासवानलाई पक्राउ गरेको हो। सिभिल प्रहरीले फरदवा भलुवाही खोला नजिकै चेक गर्ने क्रममा सुगौली गाँउदेखि निचुटातिर हिडिरहेका पासवानको शरिर चेक गर्दा स्वाचालित पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै उनको साथबाट खालि म्यागजिन एक थान फेला पारेको हो। पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell