
काठमाडौंः फिल्म ‘प्रेम दिवस’ बन्ने घोषणा भएको छ। योगेश घिमिरेको निर्देशनमा फिल्म बन्ने भएको हो। सञ्जय न्यौपानेमाको निर्माणमा बन्ने फिल्मको शुभमुर्हत पनि सम्पन्न भयो।
फिल्म मार्फत विशाल खरेलले डेब्यू गर्दैछन्। फिल्ममा अभिनेत्री प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल लगायतको अभिनय रहनेछ।फिल्मको शुभमुर्हत कार्यक्रममा प्रियंका र आयुष्मान अनुपस्थित थिए। प्रदीप भारद्धाजको कथामा फिल्म बन्नेछ। फिल्मको छायाँकन कार्तिक ८ गते झापाबाट सुरु हुनेछ।
फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायाँकन रहनेछ। म्युजिकल लभस्टोरीमा फिल्म बन्ने निर्देशक घिमिरेले जनाए।