PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बुधबार नै प्रदर्शनमा आयो ‘छक्का पञ्जा ३’



पहिलोपोस्ट

 बुधबार नै प्रदर्शनमा आयो ‘छक्का पञ्जा ३’

काठमाडौंः घटस्थापनाको दिन (बुधबार)बाट फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शनमा आएको छ। दीपाश्री निरौला निर्देशित फिल्ममा कलाकार दीपकराज गिरी, दिपिका प्रसाईं, केदार घिमिरे, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, जितु नेपाल लगायतको अभिनय छ।

फिल्मले नेपालको शिक्षण प्रणालीको कथा बोल्ने निर्देशक दीपाले बताइन्।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मले दर्शकको साथ कस्तो पाउला त्यो त पछि नै थाह हुनेछ। फिल्मका निर्माताहरुमा सुमन गिरी, किरण, शिवहरी पौडेल , पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगार्इं, दीपेन्द्र खनिया र केशव न्यौपाने छन्।

अरु बेला फिल्म शुक्रबार प्रदर्शनमा आउँथ्यो। तर यो फिल्म भने बुधबार नै प्रदर्शनमा आयो। पछिल्लो समय निर्माता संघले दशैं विदाका दिन मंगलबार नै फिल्म प्रदर्शन गर्न पाउने निर्णय गरेका थिए। त्यसै अनुरुप फिल्म बुधबार प्रदर्शनमा आएको हो। अब फुलपाती (मंगलबार)का दिन अर्को फिल्म 'जय भोले' पनि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell