PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ए डिभिजन लिगमा विमलको डेब्यु



पहिलोपोस्ट

ए डिभिजन लिगमा विमलको डेब्यु
फोटो : गोलनेपाल डट कम

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका छन्।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल शहिद स्मारक ‘ए’ डिभिजन लिगमा भने आज पहिलो पटक खेलेका हुन्।

यसअघि थ्री स्टार क्लबबाट मोफसलका प्रतियोगिताहरु खेलेका विमल अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका हुन्।

विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल गएका थिए। झण्डै पाँच वर्षपछि असोज २१ गतेबाट सुरु भएको लिगको तेस्रो खेलमा च्यासल युथ क्लबले आज लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग खेलेको हो। दुवैको यो पहिलो खेल हो।

१४ वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन्।

विमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए। एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो। राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell