काठमाडौंः 'बादशाह जुट’ टिमले फिल्मको प्रचार थालेको छ। निर्माण टिमले हालै फिल्मको एक गीतको भिडियो सार्वजनिक गर्यो।
डि.पी खनालको शब्द तथा राजनराज सिवाकोटी र मेलिना राईको स्वरमा फिल्मको ‘काफल पाक्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम र प्रियंका कार्की फिचर्ड छन्। भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।
जोनी सिंह राणाले निर्देशन गरेको फिल्ममा सुशील र आमिरसँगै केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतको अभिनय छ।