PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ए डिभिजन लिग- च्यासल र मछिन्द्रले खेले बराबरी



पहिलोपोस्ट

ए डिभिजन लिग- च्यासल र मछिन्द्रले खेले बराबरी

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीचको खेल बराबरीमा सकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल गोलरहित बराबरीमा टुङ्गिएको हो। खेलको अन्त्यतिर हेमन्त थापा मगरले पेनाल्टी चुकाउँदा च्यासल जीतबाट बन्चित भयो। हेमन्तको प्रहार मछिन्द्रको गोल किपर दीप कार्कीले रोकेका थिए। राष्ट्रिय टिमका बिमल घर्ती मगर, देबेन्द्र तामाङलगायत ए डिभिजन खेलिसकेका खेलाडीहरु भएपनि च्यासलले मैदानमा सोही अनुसारको खेल्न सकेन।

बराबरीपछि दुबै टोलीले एकएक अङ्क बाढेका छन्। तीन दशकअघि स्थापना भएको च्यासलको ए डिभिजन लिगमा यो डेब्यु खेल हो।

फोटो: गोल नेपाल डटकम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell