PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नेपालमा पनि सुरु भयो 'मिटु' मुभमेन्ट, के हो मिटु? कसले के लेखे?



रीना मोक्तान

नेपालमा पनि सुरु भयो 'मिटु' मुभमेन्ट, के हो मिटु? कसले के लेखे?

सन् २०१७ मा हलिउड अभिनेत्री एलिसा मिलानोले ट्विटरमा लेखिन्- ‘यदि तपाईँहरू सेक्सुअल ह्यारेसमेन्टमा पर्नुभएको छ भने मि टु लेखेर आफ्नो अनुभवलाई रिप्लाईमा लेख्नुस्।’

त्यसपछि संसारभरबाट महिलाहरूले ‘ह्यासट्याग मि टु’ लेखेर आफ्नो अनुभव सामाजिक सञ्जालमा राख्न थाले। उनले ट्विट गरेको केही घण्टामा हजारौँले उनलाई मेन्सन गरे। त्यसपछि ‘मि टु’ ट्रेन्ड बन्यो।

त्यसको दुई वर्षपछि भारत हुँदै नेपालमा पनि यो मुभमेन्ट प्रवेश गरेको छ। 

अभिनेत्री तनुश्रीले नाना पाटेकर विरुद्ध दुर्व्यवहारको आरोप लगाएपछि भारतमा यो मुभमेन्ट चर्किन थालेको हो। १० वर्ष अघि भएको ह्यारेसमेन्ट विरुद्ध उनले प्रहरीमा उजुरी गरेकी हुन्। घटनाले दुबैको पक्ष विपक्षमा बहस चर्काएको छ।

अभिनेत्री कंगना रनावतले पनि ह्यारेसमेन्टको विषयमा हालै बोलिन्।

नानासँगै फिल्मकर्मीहरू आलोकनाथ, उत्सव चक्रवर्ती, रजत कपुर, विकास भेलमाथि यौन शोषणको आरोप लागेको छ। पत्रकारहरु पनि यसका शिकार भए। हिन्दुस्तान टाइम्सका पत्रकार प्रशान्त झाले आरोप कै कारण ब्यूरो प्रमुखबाट हट्नु पर्‍यो। 

बुधबारदेखि यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ।

पूर्व सञ्चारकर्मी मीना कैनीले एकजना सिनियर पत्रकारले आफूलाई उनको कारमा किस गर्ने प्रयास गरेको, गुरु मान्ने व्यक्ति होटलको कोठामा आएर जान नमानेको जस्ता अनुभव सेयर गरेकी छिन्।

त्यसै गरी सञ्चारकर्मी, फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठले पनि दुर्व्यवहारका बारेमा बोलेकी छिन्। सामाजिक सञ्जाल ट्विटरमा उनले मिटु ह्यासट्यागसँगै उनले लेखेकी छिन् ‘नगरकोटमा त्यतिखेर सहश्राब्दी विकास लक्ष्यसम्बन्धी कार्यक्रमको सञ्चालिका थिएँ म। एक युवा मन्त्रीले मेरो तिघ्रामा हात राख्न खोजे। त्यो सेक्सुअल ह्यारेसमेन्ट थियो। त्यहाँ धेरै वरिष्ठ सहकर्मी थिए। तर तिनीहरूले केही बोलेनन्। खराब काम थियो त्यो।‘

बिम्मी कालिन्दा शर्माले पनि आफूलाई दुर्व्यवहार गर्नेको नामै तोकेर ट्विट गरेकी छिन्।

 

‘मि टु’ वास्तवमा के हो?

‘मि टु’ सेक्सुअल ह्यारेसमेन्ट विरुद्धको मुभमेन्ट हो। सन् २००६ मा टुराना बर्कले गरेकी थिइन्। यौनजन्य दुर्व्यवहारमा परेका तर त्यस विषयमा बोल्न नसकेकाहरुका लागि सुरु भएको थियो। सुरुमा मुभमेन्टका विषयमा अधिकांशलाई थाहै थिएन।

जब एलिसाले सन् २०१७ को अक्टोबर १६ मा ट्विट लेखिन् तब संसारभर मुभमेन्टको चर्चा भयो। हलिउड अभिनेत्री लेडी गागा, एन्जोलिना जोली केट लगायतले ह्यारेसमेन्टका विषयमा बोले। विशेषगरी अभिनेत्रीहरुको मुभमेन्ट सहभागिता चर्चामा आयो।  त्यतिखेर हार्वे विनस्टन विरुद्ध हलिउड अभिनेत्रीहरु उत्रिएका थिए।

 

हार्वे विनस्टनको सेक्स स्क्याण्डल र ‘मि टु’

हलिउडका चर्चित निर्माता हार्वे विनस्टनको पार्टी आयोजना गरे। उक्त पार्टीमा हलिउडका फिल्मकर्मी उपस्थित थिए। पार्टी सकेपछि हार्वेले एक अभिनेत्रीलाई घर पुर्‍यादिने अफर गरे। अभिनेत्री उनीसँगै घर जान तयार भइन्। घर पुगेर आराम गर्न नपाउँदै ढोकाको घण्टी बज्यो। ढोका खोल्दा घर पुर्‍याउन आएका हार्वे थिए। हार्वेले उनलाई जबरजस्ती गरे। अनि बलात्कार गरे।

घटना सन् १९९० को तर सार्वजनिक मि टु क्याम्पेन अन्तर्गत भयो। अभिनेत्री एनाबेला सिओराले आफूमाथि भएको बलात्कार बारे मुख खोलेकी थिइन्। उनको हिम्मतले अन्य महिलालाई हार्वेले गरेको दुर्व्यवहार विरुद्ध बोल्न साहस दियो।

त्यसपछि हार्वे विरुद्ध करिब १३ भन्दा बढी महिलाले ‘सेक्सुअल ह्यारेसमेन्ट’को आरोप लगाए। उनी हलिउडका चर्चित निर्माता हुन्। उनको राजनीतिक एवं आर्थिक शक्तिका कारण युवतीहरू उनी विरुद्ध बोल्न डराउँथे। पछि, यिनै आरोपहरूका कारण हार्वेलाई उनी कार्यरत कम्पनीले पदमुक्त बनाइदिएको थिए। उनकी पत्नी डिजाइनर जियार्जिना सैम्पमैनले पनि हार्वेलाई डिभोर्स दिएको खबर टेलिग्राफमा प्रकाशित थियो। आरोपहरू लागेपछि उनलाई अस्कर जुरीबाट पनि निकालियो।

हाल ‘मि टु’ मुभमेन्टले फिल्म क्षेत्रमा गहिरो प्रभाव पार्‍यो। जसका कारण चुप रहेका यौन दुर्व्यवहारमा परेका अभिनेत्रीहरू वर्षौँपछि बोल्न थाले।

 

अभिनेत्री जसको कारण हार्वे जेल परे

हार्वेले एकदिन हलिउड अभिनेत्री अस्ले जडलाई होटलमा बोलाए। बिजनेस ब्रेकफास्ट सोचेर उनी पनि पुगिन्। तर, हार्वेले त होटलको कोठा बुक गरिसकेका रहेछन्। अभिनेत्रीलाई कोठामा बोलाए। नुहाउँदै गरेका उनले अभिनेत्रीलाई मालिस गर्न आग्रह गरे।

फिल्म करिअरमा धक्का पुग्ने डरले अस्लेले यसबारे कतै पनि मुख खोलिनन्। तर ‘मि टु’ मुभमेन्ट चलिरहँदा उनले भनिन्-

‘त्यतिखेर मलाई त्यो कोठाबाट कतिखेर बाहिर भागौँ भएको थियो।’

करियर बनाइदिन्छु भन्दै हार्वेले अभिनेत्री इमिली नेस्टरलाई पनि सेक्स अफर गरेका थिए। उनीहरुले नै हार्वे विरुद्ध प्रहरीमा उजुरी गरे। 

२०१८ को सेप्टेम्बर २५ यता हार्वे उनी जेलमा छन्। उनलाई जेल लगिएसँगै अस्ले, एनाबेला र सल्माले अस्कर अवार्डको कार्यक्रममा खुशी साटे।

मुभमेन्ट हलिउडमा सीमित रहेन। त्यस लगत्तै क्यानडाका गायक जेकब २०१८ को जुलाईमा ह्यारेसमेन्टको उजुरीमा समातिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell