PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पूर्व न्यायाधीश प्रेम शर्माको निधन



पहिलोपोस्ट

पूर्व न्यायाधीश प्रेम शर्माको निधन

काठमाडौँः सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रेम शर्माको निधन भएको छ। शर्मा मिर्गौलामा समस्या भएपछि पछिल्लो चार वर्षदेखि उपचाररत थिए। ७१ वर्षको उमेरमा शर्माको निधन भएको हो।

२००४ असार २० मा पर्वतमा जन्मिएका शमाले २०६५ सालमा सर्वोच्चबाट अवकाश पाएका थिए। २०३० सालमा न्याय सेवाबाट करिअर सुरु गरेका उनी २०३५ सालमा जिल्ला न्यायाधीश भएका थिए।

शर्माको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। अन्तिम संस्कारमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सर्वोच्चका न्यायाधीशहरु, कानुन व्यवसायी, तथा अदालतका कर्मचारी लगायतको पनि उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell