PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

ए डिभिजन लिग : थ्री स्टारको विजयी सुरुवात



पहिलोपोस्ट

ए डिभिजन लिग : थ्री स्टारको विजयी सुरुवात
फोटो : गोलनेपाल

काठमाडौँ : थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। एन्फा कम्प्लेक्समा बिहीवार भएको ललितपुरे डर्बी खेलमा थ्री स्टारले एनआइबीएल फ्रेण्ड्स क्लबलाई २-१ ले हरायो।

थ्री स्टारले दुवै हाफमा एक-एक गोल गरेको थियो। यसै सिजनका लागि एपीएफबाट पाटने क्लब पुगेका रन्जन विष्टले १४औँ मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। ८१औँ मिनेटमा बुद्ध चेम्जोङले एकल प्रयासमा गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे।

८८औँ मिनेटमा फ्रेण्ड्सका लागि विकास लामाले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।

जितपछि थ्री स्टारले ३ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell