PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बलात्कारको घटनामा गलत रिपोर्ट बनाउने दुर्इ डाक्टर निलम्वित



पहिलोपोस्ट

 बलात्कारको घटनामा गलत रिपोर्ट बनाउने दुर्इ डाक्टर निलम्वित

काठमाडौँः बलात्कारको  घटनामा गलत मेडिकल रिपोर्ट बनाउने दुई डाक्टरहरुलाई नेपाल मेडिकल काउन्सिलले निलम्वन गरेको छ। काउन्सिलको अर्को निर्णय नआउँदासम्म दुवै डाक्टरले चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्।

बलात्कार भएकी बालिकाको बलात्कार नभएको भन्दै डा. विजयकुमार सिंह र डा. रम्भा गोइतले अभियुक्तको पक्षमा रिपोर्ट बनाएपछि काउन्सिलले छानबिन समिति बनाएको थियो। डा. कालुसिंह खत्री, प्रा.डा. हरिहर वस्ती, डा. मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका कानून उपसचिव पुष्करराज नेपाल समितिमा थिए।

समितिले सिफारिस गरे बमोजिम बालिकाको शारीरिक जाँच गर्ने चिकित्सकद्वय गोइत र सिंहले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट बनाएको ठहर गर्दै व्यवसायिक प्रमाणपत्र निलम्वन गर्ने निर्णय गरेको हो।

त्यस्तै, छानविन समितिले बयानका लागि बोलाउँदा अटेर गर्ने सिराहा जिल्ला अस्पतालका चिकित्सक डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिइ प्रष्टिकरणका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुन भनेको छ। सिंह सात दिनभित्र काउन्सिलमा उपस्थित नभए उनको पनि प्रमाणपत्र निलम्वन गर्ने काउन्सिलले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell