PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

आयोगले प्रहरीलाई भन्यो,' निर्मलाको यौनिक स्वाव नमुनासहित सबै सवुत सुरक्षित राख्नुस्'



पहिलोपोस्ट

आयोगले प्रहरीलाई भन्यो,' निर्मलाको यौनिक स्वाव नमुनासहित सबै सवुत सुरक्षित राख्नुस्'

काठमाडौं: मानव अधिकार आयोगले नेपाल प्रहरीलाई कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको  घटनामा संलग्न 'भेजिनल स्वाव' सुरक्षित राख्न निर्देशन दिएको छ।

बिहीवार आयोगले चिकित्सीय जाँच र सवुतहरुको वैज्ञानिक परीक्षणको राय सुझावबारे विज्ञहरुसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो।

आयोगले प्रहरी प्रधान कार्यालयलाई बिहीवार पत्र लेख्दै मृतक निर्मलाको संकलित यौनिक स्वावको नमुनाहरु र सो नमुनाबाट पृथकीकरण डिएनएलगायत सवुतहरु जे जस्तो अवस्थामा छन् सोही रुपमा सुरक्षित राख्न निर्देशन दिएको हो।

निर्मलाको शव उखुबारीमा अर्धनग्न अवस्था घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरीले घटनाको मुचुल्का उठाई शवको पोस्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल पठाएको थियो।

डाक्टर हरिकुमार श्रेष्ठसहित ३ जनाको टोलीले पोस्टमार्टम गरेको सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले अञ्चल अस्पतालाई समेत पत्र लेख्दै यौनिक स्वाव संकलनको प्रकृयाबारे जानकारी समेत मागेको छ।   

अञ्चलन अस्पतालले निर्मलाको मृत्युको कारण उल्लेख थियो, 'घाँटी थिची हत्या गरेको र घाँटीको अगाडि पट्टीको किलकिले हड्डी भाँचिएको,  यौनाङगको हाइमेन टियर भएको।'  

तर केन्द्रीय अनुसन्धान व्यूरोबाट घटनाको अनुसन्धान गर्न डिएसपी अंगुर जिसीको कमान्डमा पुगेको टोलीले उपलब्ध गराएको कागजमा भने दीलिपसिंह विष्टले मैले बलात्कारपछि 'भोकल कर्ड' थिचेर मारेको बताएको प्रतिवेदनमा उल्लेख छ। पोस्टमार्टम रिपोर्ट र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमै मारेको तरिका फरक आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell