PahiloPost

May 15, 2025 | २ जेठ २०८२

पर्साका शिक्षा इकाई प्रमुख लालबाबू साह ४० हजार घुससहित पक्राउ



राधेश्याम पटेल

पर्साका शिक्षा इकाई प्रमुख लालबाबू साह ४० हजार घुससहित पक्राउ

वीरगंज: शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख(उपसचिव) लालबाबू साह ४० हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले आज अपरान्ह ४ बजे उनलाई निजकै चिनीमिल अवास क्षेत्रभित्र रहेको क्वाटरबाट पक्राउ गरेको हो। 

अख्तियारको क्षेत्रीय प्रमुख होमकला पाण्डेका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ मा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको पठाइएको भवन निर्माणको बजेटको विषयमा विद्यालयका प्रधानाध्यापकसँग ४० हजार रकम घुस लिँदै गर्दा पक्राउ गरिएको हो।

विद्यालयमा भवन निर्माणको लागि एकाउन्ट पेयी चेकबाट ३ लाख रुपैयाँ विद्यालयको खातामा पठाइएको थियो। सो खाताको रकम फुकुवा चिठी पाएपछिमात्र विद्यालयलाई बैंकले भुक्तानी दिन्छ,’ इकाई प्रमुख साहको क्वाटरमा छापा हान्न पुगेको एक अधिकारीले भने, ‘त्यही फुकुवा चिठी दिन घुस रकम लिन बोलाएको अवस्थामा रँगे हात समातेका हौं। यसअघि इकाई प्रमुख साह बारामा शिक्षा अधिकारी हुदाँ पनि राहत शिक्षक नियुक्तिको विषयमा घुस लिदाँ पक्राउ परेका थिए।

यसैबीच, असोज ३ गते पनि वीरगंज महानगरबाट शिक्षा शाखाका दुई कर्मचारीसहित तीन जना पक्राउ परेका थिए। महानगरबाट शिक्षा अधिकृत मन्जुर आलम, प्राविधिक सहायक शशिभूषण साह र साहका भान्जा अरुण कुमार साह  पक्राउ परेका थिए। एक लाख नगदसहित तीनै जनालाई पक्राउ गरी अख्तियारले काठमाडौं लगेको थियो। स्रोतका अनुसार मंगलवार आलम र शशिभूषण तारेखमा छुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell