PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

पर्साका शिक्षा समन्वय इकार्इ प्रमुख घुस लिँदालिँदै पक्राउ



रासस

पर्साका शिक्षा समन्वय इकार्इ प्रमुख घुस लिँदालिँदै पक्राउ

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका शिक्षा विभाग तथा समन्वय इकार्इ प्रुमख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा बिहीबार पक्राउ गरिएको छ।

विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरेको हो। आरोपी उपसचिव साहमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell