PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना पक्राउ



चन्द्रकान्त खनाल

किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

रुपन्देही: रुपन्देहीको देबदहमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। असोज २३ गते बेलुका ८ बजेको बुटवलमा मेला घुमाएर नजिकै रहेको शिवनगर वनमा मोटरसाइकलमा पुर्‍याएर सामूहिक बलात्कार गरिएको प्रहरीले बताएको छ। पीडित युवतीले उजुरी दिएकको आधारमा बलात्कारीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

देवदह वडा नम्बर १० चरंगे निवासी १६ बर्षे किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देही देवदह नगरपालिका वडा नं.१० बस्ने बर्ष ३५ का उदय थापा र बुटवल उपमहानगरपालिका वडा नं.७ बस्ने बर्ष २६ को कृष्ण थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले जनाए। 

घटनामा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए। 

पक्राउ परेका उदय काठमा काम गर्छन भने कृष्ण गाडी स्टाफ हुन्। ती किशोरीले काठको काम गर्ने बुझिएको छ। किशोरीलाई मोटरसाइकलमा बसालेर जंगल पुर्‍याएका व्यक्ति फरार छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell