PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नुवाकोटको फेदीखोलामा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३५ जना घाइते



पहिलोपोस्ट

नुवाकोटको फेदीखोलामा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३५ जना घाइते

काठमाडौँ: नुवाकोटको फेदीखोलामा यात्रुवहाक बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन्। अहिले उद्दार कार्य जारी छ।

मृतकको पहिचान हुन नसकेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए।

खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्वर यात्रुबहाक वस दुर्घटना भएको हो। बसमा ३५ देखि ४० जना यात्रु रहेको खुलेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell