PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अन्तिम खेलमा सिंगापुरलाई ८१ रनमै समेट्यो नेपालले



पहिलोपोस्ट

अन्तिम खेलमा सिंगापुरलाई ८१ रनमै समेट्यो नेपालले

आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायर अन्तर्गतको अन्तिम खेलमा सिंगापुरले नेपालसामु ८२ रनकौ चुनौती पेश गरेको छ। मलेसियामा जारी खेलमा १७.२ ओभरमा अल आउट गराउँदै नेपाली बलरहरुले सिंगापुरलाई ८१ रनमै रोकेका हुन्।

सन्दीप लामिछानेको ४ तथा करण केसी र सोमपाल कामीको दुई/दुई विकेटले पहिलो इनिङ्समा नेपाललाई बलियो अवस्थामा राख्न सघायो। वसन्त रेग्मी र ललित राजवंशीले पनि एक/एक विकेट लिए। 

सिंगापुरका लागि सुरेन्दर चन्द्रमोहनले सबैभन्दा धेरै २५ रन बटुले। तीन खेलाडीबाहेक सिंगापुरका अरुले दोहोरो अंकको रन बटुल्न सकेनन्। 
समान अंक सहित शीर्ष स्थानमा रहेका दुई नेपाल र सिंगापुरबीचको खेलपूर्व नै यी दुई टिम अघिल्लो चरणका लागि छनोटमा परिसकेका छन्। आज टस जित्दै नेपालले बलिङ रोजेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell