PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायरमा नेपाल समूह च्याम्पियन



पहिलोपोस्ट

आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायरमा नेपाल समूह च्याम्पियन

आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायर अन्तर्गत सिगापुर विरुदधको अन्तिम खेल वर्षाले अवरुद्ध भएसँगै अङ्क बाँडिए पनि रनरेटका आधारमा नेपाल समूह च्याम्पियन भएको छ।   

पहिले व्याटिङ गरेको सिंगापुरले नेपालसामु ८२ रनकौ चुनौती पेश गरेको थियो। मलेसियामा जारी खेलमा १७.२ ओभरमा अल आउट गराउँदै नेपाली बलरहरुले सिंगापुरलाई ८१ रनमै रोकेका हुन्।

सन्दीप लामिछानेको ४ तथा करण केसी र सोमपाल कामीको दुई/दुई विकेटले पहिलो इनिङ्समा नेपाललाई बलियो अवस्थामा राख्न सघायो। वसन्त रेग्मी र ललित राजवंशीले पनि एक/एक विकेट लिए।

सिंगापुरका लागि सुरेन्दर चन्द्रमोहनले सबैभन्दा धेरै २५ रन बटुले। तीन खेलाडीबाहेक सिंगापुरका अरुले दोहोरो अंकको रन बटुल्न सकेनन्। तर नेपालको इनिङ बर्षाले प्रभावित बनेपछि अंक बाडिएको हो। समान अंक सहित शीर्ष स्थानमा रहेका दुई नेपाल र सिंगापुरबीचको खेलपूर्व नै यी दुई टिम अघिल्लो चरणका लागि छनोटमा परिसकेका छन्। आज टस जित्दै नेपालले बलिङ रोजेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell