PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा छ, अंकुश लगाइए स्वीकार्य हुँदैनः सभापति देउवा



रासस

कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा छ, अंकुश लगाइए स्वीकार्य हुँदैनः  सभापति देउवा
फाेटाे रासस

चितवनः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन्। 

 शुक्रबार चितवनको एक कार्यक्रममा देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिए। कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले भने,'प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन।'

उनले कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'प्रेस युनियन स्वतन्त्र निकाय हो । तपाईँहरुलाई पार्टीबाट अंकुश लगाउने काम हुँदैन।' सभापति देउवाले रु ५५ लाखको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवनको पनि उद्घाटन गरे। 

यस्तैं कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताए। सो अवसरमा रु ५१ हजार १५१ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो। 

त्यसैगरी रु ११ हजार १११ को क्रियाशील पत्रकारिता पुरस्कार ‘नारायणी अनलाइन’का राजु चौधरीलाई प्रदान गरियो। सो अवसरमा भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो। युनियनको आठौँ जिल्ला अधिवेशन आजदखि शुरु भएको छ। शनिबार नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell