PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

निर्मला पन्तको प्रकरणमा अनुसन्धानका लागि एआइजीको टोली फेरि पुग्यो कञ्चनपुर



पहिलोपोस्ट

निर्मला पन्तको प्रकरणमा अनुसन्धानका लागि एआइजीको टोली फेरि पुग्यो कञ्चनपुर

काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न गठित छानविन समितिको एआइजी नेतृत्वको टोली कञ्चनपुर पुगेको छ। एआइजी धिरु बस्न्यात, डिआइजी निरजबहादुर शाही सहितको चार सदस्यीय टोली आज बिहानै कञ्चनपुर पुगेको हो।

भदौ ३१ गते प्रहरी प्रधान कार्यालय नक्सालले तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिले निर्मला प्रकरणमा खटिएका प्रहरीमाथि अनुसन्धान गरिरहेको छ। कञ्चनपुरमा खटिएका एसपीसहित २० जनाभन्दा बढी प्रहरीको बयान, पोलिग्राफ टेष्ट, मोबाइलको अनुसन्धान लगायतमा समितिले अनुसन्धान गरिसकेको छ।

एआइजी नेतृत्वको टोलीले शुक्रवारदेखि आइतवारसम्म कञ्चनपुरमा थप घटनाबारे अनुसन्धान गर्ने समिति स्रोतले जानकारी दिएको छ। कञ्चनपुरबाट फर्किएपछि घटनाको विवरणसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको छ। 

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो। समितिले बुझाएको प्रतिवेदन गृह मन्त्रालयले सार्वजनिक गरिसकेको छ। प्रतिवेदनमा स्पष्टरुपमा घटना क्रममा उल्लेख नभए पनि प्रहरीको लापरवाही भएको उल्लेख गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell