PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

ए डिभिजन लिग : मध्यान्तरसम्म एक गोलले पछि परेको मनाङ मर्स्याङदी ३-१ ले विजयी



पहिलोपोस्ट

ए डिभिजन लिग : मध्यान्तरसम्म एक गोलले पछि परेको मनाङ मर्स्याङदी ३-१ ले विजयी

काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबले विजयी सुरुवात गरेको छ। 

ब्रिग्रेड ब्वाइज क्लबले मनाङलाई मध्यान्तरसम्म एक गोलले पछि पारे पनि अन्तिममा मनाङ ३-१ ले विजयी भयो। 

खेलको ३७ औँ मिनेटमा रजत तिवारीले गोल गरी मनाङविरुद्ध अग्रता कायम गरेको थियो। तर मध्यान्तरपछि ब्रिग्रेडको पोस्टमा मनाङले तीन गोल प्रहार गर्‍यो। 

म्यान अफ दि म्याच अफिज ओलावालेले ५७ औँ मिनेट र ९३ औँ मिनेटमा गोल गरे भने मध्यान्तरपछिको खेलको दोस्रो मिनेटमै हेमन गुरुङले बराबरी गोल गरेका थिए। 



यसअघि आजै हिमालयन शेर्पा र एपिएफले बिना गोलको बराबरी खेलेका थिए। आजका दुई खेलसँगै लिगले दोस्रो पटक ब्रेक लिएको छ। यसअघि बंगलादेशको बंगबन्धु कपका लागि लिगले पहिलो ब्रेक लिएको थियो। आजदेखि भने दशैँको ब्रेक सुरु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell