PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

नेपाल आइडलका गोल्डेन माइक विजेता आउट, न्ह्युले मीनराजलाई भने- मेस्सीले पनि सधैँ गोल हान्दैन



पहिलोपोस्ट

नेपाल आइडलका गोल्डेन माइक विजेता आउट, न्ह्युले मीनराजलाई भने- मेस्सीले पनि सधैँ गोल हान्दैन

नेपाल आइडल सिजन २ बाट गोल्डेन माइक विजेता मीनराज पौडेल बाहिरिएका छन्। गोल्डेन माइक विजेता प्रतियोगिताबाट पहिलो पटक बाहिरिएका हुन्। 

अडिसनमा 'गाइने दाजैको..'  गाएर गोल्डेन माइक जितेपछि उनी सिधै गाला राउन्डमा प्रवेश गरेका थिए। पछिल्ला एपिसोडहरुमा पनि जजहरुले उनलाई अपेक्षा अनुसार प्रदर्शन नगरेको बताएका थिए। हिजोको एपिसोडमा स्वर बसेका कारण गाउन नसकेका मीनराजलाई दर्शकले सबैभन्दा कम भोट दिए। 

पहिले भजन गाउने चितवनका पौडेलले काठमाडौँमा कलेज पढ्दा साथीहरुसँग मिलेर अर्वाचीन ब्यान्ड बनाएका थिए।  

हिजोको प्रदर्शनका आधारमा सबैभन्दा धेरै भोट पवन गिरीले पाए। बटम थ्रीमा मीनराजसँगै अस्मिता अधिकारी र कृषल कँडेल परे। 

बाहिरिने घोषणा भएपछि जजको कुर्सीमा बसेका न्ह्यु बज्राचार्यले मीनराजलाई फुटबल स्टार मेस्सीसित तुलना गर्दै उनले पनि कहिलेकाहीँ गोल हान्न नसक्ने भन्दै सम्झाए। 

मीनराज बाहिरिएसँगै बाँकी रहेका नौ जनाबीच नेपाल आइडलका लागि प्रतिस्पर्धा हुनेछ। अब प्रतियोगितामा गोल्डेन माइक जित्ने तीन प्रतियोगी पोखराका विक्रम बराल, झापाका सुमित पाठक र पोखराकी नीलिमा थापा मगर बाँकी रहेका छन्। त्यस्तै सुर्खेतका सुविन सिंह, कञ्चनपुरका रवि ओड, दोलखाका पवन गिरी, धादिङका कृशल कँडेल, झापाकी अस्मिता अधिकारी र बुटवलका अमित बराल प्रतिस्पर्धामा छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell