PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

गुर्जा हिमाल आरोहण गर्न गएका चार नेपाली र पाँच कोरियन बेपत्ता



पहिलोपोस्ट

गुर्जा हिमाल आरोहण गर्न गएका चार नेपाली र पाँच कोरियन बेपत्ता
गुगल म्याप

काठमाडौः गुर्जा हिमाल आरोहण गर्न गएका ९ जना आरोही बेपत्ता भएका छन्।  

म्याग्दीको धौलागिरी गाउँपालिका १ मा पर्ने हिमाल आरोहण गर्न काठमाडौँबाट गएका पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी वीरबहादुर बुढाले जानकारी दिए।
 
हिम पहिरोमा परी उनीहरू बेपत्ता भएको उनीहरूसँगै गएका दुई जना आरोहीले जानकारी गराएका हुन्। काठमाडौँबाट गएको ११ जनाको टोली बिहीबार म्याग्दी पुगेर हिमाल आरोहण सुरु गरेको थियो। टोलीका २ जना सदस्य भने स्वास्थ्य समस्या देखिएको भन्दै फर्किएको डिएसपी बुढाले बताए।

बेपत्ता भएका उनीको खोजी कार्य भइरहेको छ। मौसम खराबीको कारणले खोजी कार्यमा अवरुद्ध भएको डिएसपी बुढाले बताए।  डिएसपी बुढाले भने,' हेलिकप्टरबाट खोजी गर्न गएको थियो। तर मौसमको कारण हेलिकप्टर फर्किएको छ। हेलिकप्टरमा गएकाले माथिबाट ८ जनाको शव देखेको बताएका छन्। तर पुष्टि भइसकेको छैन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell