PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

शुषमाको कथासंग्रह ‘अनावरण’ सार्वजनिक



पहिलोपोस्ट

शुषमाको कथासंग्रह ‘अनावरण’ सार्वजनिक

काठमाडौँ : कथाकार शुषमा मानन्धरको कथा संग्रह ‘अनावरण’ शनिबार ललितपुरमा लोकार्पण गरिएको छ। २४ कथाहरुको संगालो ‘अनावरण’लाई छ जना स्रष्टा तथा लेखकहरुले संयुक्त रुपमा लोकार्पण गरे।

पेन नेपालद्वारा आयोजित लोकार्पण समारोहमा हास्य विधाका साहित्यकार रामकुमार पाण्डे, बालकथाकार विनय कसजु, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी र कथा संग्रह ‘अनावरण’का सर्जक शुषमा मानन्धरले संयुक्त लोकार्पण गरेका थिए।

कार्यक्रममा समालोचक दामोदर पुडासैनीले अनावरण कथा संहग्रहले काठमाडौं उपत्यकाको आञ्चलिकता चित्रण गरेको उल्लेख गरे। उनले भने, ‘यो कृतिले समसामयिक परिवेश, नेपाली प्रशासनिक क्षेत्रमा रहेर काम गर्ने मानिसहरुको मनोविश्लेषण पनि गरेको छ।’

कथासंग्रहबारे बोल्दै कथाकार मानन्धरले आफ्नै परिवेश, आफ्नै भोगाई र जानकारीका आधारमा कथाहरु सिर्जना गरेको बताइन्। उनले अनावरणका कथाहरुमा वास्तविक पात्र र विवरणहरु प्रतिबिम्बित भएको दावी गरिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell