PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

कावासोतीः पूर्व–पश्मिच राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गएराति भारतीय मालवाहक ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एमएच ४६ बिबि ८२११ नम्बरको भारतीय ट्रकले साइकलयात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खनालको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell