PahiloPost

Jul 15, 2026 | ३१ असार २०८३

अपुग कर्मचारी करारमा नियुक्त गर्दै कर्णाली सरकार



पी बी खड्का

अपुग कर्मचारी करारमा नियुक्त गर्दै कर्णाली सरकार

सुर्खेत: कर्णाली प्रदेश सरकारले प्राविधिक कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशमा अपुग कर्मचारी सेवा करारमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिईन्।
 
‘सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अपुग प्राविधिक कर्मचारी सेवा करारमा नियुक्त गर्ने निर्णय भएको छ। उनले भनिन्,‘अब कर्मचारी नियुक्त गरेपछि सरकारको कामलाई तिव्रताका साथ अघि बढाउँछौं।’

अहिले अझै ५० प्रतिशत कर्मचारी अपुग रहेको भन्दै सरकारको कामकारवाहीमा ढिलासुस्ती भएको हो। 

त्यस्तै बैठकले कोहलपुर–सुर्खेत–हिल्सा सडक निर्माण तथा स्तरोन्नतिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीको भनाई छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell