PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

चोर पक्रन सहयोग गरेको भन्दै घुस माग्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा



पी बी खड्का

चोर पक्रन सहयोग गरेको भन्दै घुस माग्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

सुर्खेत: सुर्खेतको पञ्चपुरी नगरपालिकामा सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा प्रहरी निरीक्षकसहित अर्का एक जवान अख्तियारको फन्दामा परेका छन्।

ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई प्रक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ।
 
पञ्चपुरीको सालकोटस्थित अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिए।
 
निमित्त प्रमुख डाँगीका अनुसार सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्न आफुहरुले सहजीकरण गरेको भन्दै घुस रकम मागेका थिए। पक्राउ पर्नेहरुलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अघि बढाईएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell