PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

फोटोमा हेर्नुस् दशैंको माहोल : फर्किँदैछु आफ्नै ठाउँ

फोटोमा हेर्नुस् दशैंको माहोल : फर्किँदैछु आफ्नै ठाउँ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : दशैंको माहोलले सबैलाई छोपिसकेको छ। आफ्नो थातथलोमा भेला हुने र रमाइलो  गर्न मानिसहरु राजधानी छाड्दैछन्। प्रहरीले अनुमान गरेअनुसार कम्तिमा २४ लाख र बढीमा २७ लाख मानिस आफ्नो ठाउँ फर्किँदैछन् दशैंमा। केही दिनयता दैनिक १ लाखभन्दा बढी मानिसले सार्वजनिक यातायातबाट काठमाडौं छाडिरहेका छन्। 

मंगलबारबाट सरकारी विदा सुरु भएपछि बाहिरिने क्रम अझ बढी हुनेछ। शैक्षिक संस्थाहरु विदा भएकाले घटस्थापनाकै दिनबाट बाहिरिनेक्रम सुरु भएको थियो। परिवारका सदस्यहरुलाई चाहिने सामग्रीसहितका ठूलाठूला ब्याग भिरेर यात्रुहरु बाहिरिँदै गरेको जताततै देख्न पाइन्छ। हेर्नुस् आफ्नै ठाउँ फर्किनेहरुको दृष्य :


ट्रेन्डिङ पोस्ट

Ncell