PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

काठमाडौँ: गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।

बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना भएको हो। चन्द्रकोट गाउँपालिका २ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए।

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell