PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पोखरा प्रिमियर लिगमा मेडिकल पार्टनर ग्राण्डी 



पहिलोपोस्ट

पोखरा प्रिमियर लिगमा मेडिकल पार्टनर ग्राण्डी 

काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका बनेको छ। 

सम्झौतामा ग्राण्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरे।

सम्झौता अनुसार ग्राण्डीले पोखरा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट र खेल संचालन हुने मैदानमा आवश्यक स्वास्थ्यकर्मी र मेडिकल सामग्रीहरु उपलब्ध गराउने छ। 

सम्झौतापछि ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ग्रान्डीले विगत लामो समयदेखि घाइेत भएका खेलाडीको सफल उपचार गर्दै आएको र पिपिएलसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लामो समयदेखि राष्ट्रिय टिमका खेलाडिहरु पृथु बास्कोटा, अमृत भट्टराइ, ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीहरुको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएकोमा बधाइ पनि दिए। 
क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले क्रिकेट खेलाडीको उपचारमा ग्रान्डी अस्पतालले दिएको सेवा स्मरण गर्दै पिपिएलसँग सहकार्य गरेकोमा आभार खुशी भए। 

६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको जानकारी पनि लामाले दिए। उनले पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिनेमा आफु विश्वास्त रहेको जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell