PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

राजकुमारी मेघान गर्भवती भएको बेलायती राजदरबारको घोषणा



पहिलोपोस्ट

राजकुमारी मेघान गर्भवती भएको बेलायती राजदरबारको घोषणा

लण्डन : बेलायती राजदरबारले राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ।
 
राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को वर्षको वसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो।
 
“राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सिङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ।
 
३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ तारिखका दिन विवाह भएको थियो।
 
राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell