PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

चोरी नियन्त्रणमा प्रहरीको एक्सन, १ सय १८ चोर प्रहरी हिरासतमा



पहिलोपोस्ट

चोरी नियन्त्रणमा प्रहरीको एक्सन, १ सय १८ चोर प्रहरी हिरासतमा

काठमाडौंः करिव दश दिनको अवधिमा प्रहरीले राजधानीबाट मात्र चोरी गर्ने १ सय १८ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोली लगायले चोरी गर्दै गर्दा,चोरी गरेर भाग्दै गर्दा र लुकिछिपि वसेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले बताए। एसएसपी लामाले भने,' पछिल्लो समय चोरी गरिरहेको अवस्थामा नै पक्राउ पर्ने गरेका छन्। सिभिल प्रहरीको सक्रियताले रंगेहात पक्राउ भएका छन्।'
राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बस पार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरु सक्रिय रहेको एसएसपी लामाले जानकारी दिए। बढी आर्थिक कारोबार हुने र भिडभाड भएकाले यस क्षेत्रमा भिआइपी पकेटमार सक्रिय हुने गरेको छन्। 'भिड भएको ठाँउ र सार्वजनिक सवारीमा यात्रा गर्दा ध्यान दिनुहोला । पकेटमारले भिड भएको ठाँउमा बढि चोरी भएको पाइएको छ।' एसएसपी लामाले भने।
परिसरको टोलीले दिनको समयमा मात्र सयको हाराहारीमा सिभिल प्रहरी परिचालन गरेको छ। त्यस्तै रातिको समयमा १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको परिसरका एसएसपी लामाले जानकारी दिए।
काठमाडौंमा ३ सयदेखि ५  जना पकेटमार रहेको प्रहरीको भनाई छ जसमा आधाभन्दा धेरै पटके पकेटमारहरू रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell