PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

आजदेखि प्रहरीको निशुल्क बस संचालन, यी तीन रुटमा गुड्नेछन् प्रहरीका बस



पहिलोपोस्ट

आजदेखि प्रहरीको निशुल्क बस संचालन, यी तीन रुटमा गुड्नेछन् प्रहरीका बस

काठमाडौंः दशैंमा राजधानीमा गाडीहरुको अभाव नहोस् भन्ने उद्देश्यले  नेपाल प्रहरीले आज देखी निशुल्क बस सेवा संचालन गरेको छ। प्रहरीले अष्टमी, नवमी र दशमीका दिन निशुल्क बस चलाउने भएको हो।

प्रहरीले बस संचालनकालागि उपत्यकाभित्रका ३ वटा रुट छुट्याएको छ।

प्रहरीले सार्वजनिक गरेको अनुसार एउटा रुट कलंकीदेखि एकान्तकुना,पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्क सम्म चल्नेछ।  रत्नपार्कदेखि त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ।

यसैगरी  दोस्रो रुटमा कोटेश्वरदेखि शहिदगेट हुँदै महाराजगंजको नारायणगोपाल चोक, गौशाला, मैतीदेवी  परिक्रमा गर्नेछ।
तेस्रो रुट नयाँ बसपार्कदेखि चाबहिल, नक्साल, लैनचौर,  सोह्रखुट्टे ,नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ।
चक्रपथको बाहिरी र भित्री दुबै स्थानका सर्वसाधारणको लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell