PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बुद्धि तामाङलाई आफ्नो कारण दर्शक मोनोटोनस हुने डर



पहिलोपोस्ट

बुद्धि तामाङलाई आफ्नो कारण दर्शक मोनोटोनस हुने डर

काठमाडौं : गत वर्ष मात्र बुद्धि तामाङ अभिनित १५ फिल्म प्रदर्शनमा आए। त्यसैले २०७५ उनको अहिल्यसम्मकै अत्याधिक फिल्म गरेको वर्ष ठहरियो। यो वर्ष सार्वजनिक अधिकांश फिल्महरुमा पनि उनी देखिएका छन्। यो दशैंमा पनि उनी अभिनित दुई फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ प्रदर्शनरत् छन्।

पछिल्लोपटक उनी अभिनित दुईभन्दा बढी फिल्म एकैदिन प्रदर्शनमा आए। उनको थेगो ‘हैट’ चर्चित छ।  चरित्र अभिनेताको रुपमा उनलाई निर्माता निर्देशकले रुचाउँछन्।

यसबारे भने, ‘म इमान्दारी पूर्वक काम गर्न चाहन्छु। सबै फिल्ममा लिड गरेको छैन। कन्भिन्स भएको भूमिका निभाउँछु। सब खालका क्यारेक्टरहरुमा देखिन्छु।‘

‘दर्शकले मलाई रुचाइदिनु भएको छ’ हाँस्दै भने। लगातार सबै फिल्महरुमा बुद्धीलाई मात्र देख्दा दर्शक मोनोटोनस (दिक्दार) हुन्छन् कि भन्ने डर भएको बताउँछन्। 

‘हैट क्यारेक्टर विशेष हो। तर म भिन्न भूमिका निर्वाह गर्न पनि रुचाउँछु’।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell