PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

९० मिनेट यु्टयुब अचानक बन्द हुँदा ट्वीटरमा हंगामा



पहिलोपोस्ट

९० मिनेट यु्टयुब अचानक बन्द हुँदा ट्वीटरमा हंगामा

बुधबार बिहानै  युट्युब अचानक बन्द भयो। युट्युब प्रयोगकर्ताहरुले उक्त साइटमा प्रवेश गर्न खोज्दा भिडियो देखाउने स्थानहरु खाली देखिन्थे।

कुनै भिडियो प्ले गर्न कोशिश गरेको खण्डमा 'केही त्रुटि भयो। पुन: प्रयास गर्नु होला' सूचना देखाइएको थियो।

युट्युब प्रयोगकर्ता एवम् युट्युबमा सामाग्रीहरु निर्माण गर्नेहरुले युट्युब बन्द भएको बारे आफ्नो रिस एवम् अनभिज्ञता पोख्न सामाजिक संजालको सहायता लिए। 

अधिकांश युट्युव प्रयोगकर्ताहरुले ट्वीटर मार्फत आफ्ना समस्याहरु साटासाट गरे।  

केही प्रयोगकर्ताहरुले युट्युव नचल्दा धेरै निराश हुँदै रुँदै गरेको मिम भिडियोहरु ट्वीटर मार्फत सार्वजनिक गरेका थिए।

धेरै संख्यामा गुनासो प्राप्त भएपछि युट्युवले आफूहरु समस्या प्रति सचेत रहेको र समस्या समाधानका लागि लागि परेको सूचना सम्प्रेषण गरेको थियो।  

इस्यक स्यामूल नाम गरेका ट्वीटर प्रयोगकर्ताले ' यो अन्त्य हुन सक्छ ' भन्दै फोटो ट्वीट गरेका थिए।

 

प्रयोगकर्ताहरुले युट्युव यति लामो समयका लागि बन्द भएको पहिले कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन्। 

नेपाली प्रयोगकर्तामाझ पनि यो चर्चाकै विषय बन्न पुगेको थियो। नवीन के भट्टराईले लेखे

 करिब ९० मिनेटका लागि युट्यव बन्द भएको थियो। युट्युवले  आफूहरु पुन संचालनमा आएको भन्दै फेरि त्यस्तो समस्या आए सूचना गर्न आग्रह गरेको छ। 


युट्युवले के कारणले सिस्टम डाउन भएको हो भन्ने बारे केही खुलाएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell