PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

४० किलोको चोरिएको मूर्ति फेला पर्‍यो, घटस्थापनाको भोलिपल्ट बसुन्धाराबाट चोरिएको थियो



पहिलोपोस्ट

४० किलोको चोरिएको मूर्ति फेला पर्‍यो, घटस्थापनाको भोलिपल्ट बसुन्धाराबाट चोरिएको थियो

काठमाडौँ : टोखा नगरपालिका-५ बसुन्धरास्थित कल्कीनारायण मन्दिरबाट चोरी भएका कल्कीनारायण र पदमावतीको घोडामाथि सवार मूर्ति तथा अन्य सामान फेला परेको छ। 

सामानसहित टोखा नगरपालिका-५ धापासी हाइट डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ का २२ वर्षीय सुबे परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

उक्त मन्दिरबाट घटनास्थापनाको भोलिपल्ट असोज २५ गते राति मूर्ति समेतका सामान चोरी भएपछि खोजी गर्ने क्रममा परियारको कोठामा लुकाई  राखेको अवस्थामा उक्त मूर्ति र सबै सामानहरू फेला पारी महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले परियारलाई नियन्त्रणमा लिएको हो।

४० किलोको कल्कीनारायणको मूर्तिको मोल करिब १० लाख पर्ने अनुमान छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell