PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

फोटो र भिडियोमा हेर्नुस् पूर्वराजा ज्ञानेन्द्रको शक्तिपीठ दर्शन, पूर्वरानी कोमल अनुपस्थित

फोटो र भिडियोमा हेर्नुस् पूर्वराजा ज्ञानेन्द्रको शक्तिपीठ दर्शन, पूर्वरानी कोमल अनुपस्थित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार राजधानीस्थित नवदुर्गा भवानीका शक्तिपीठहरुको दर्शन गरेका छन्। थाइल्यान्ड, श्रीलंका र मुम्बईको भ्रमणबाट हिजोमात्रै फर्किएका पूर्वराजाले राजधानीका नक्साल भगवती, गुह्येश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, शोभाभगवती लगायतका नवदुर्गा भवानीको शक्तिपीठ पुगी दर्शन एवं पूजाआजा गरेका हुन्। 

पूर्वरानी कोमल भने पूर्वराजासँग पूजाआजामा सहभागी भइनन्। गणतन्त्र आउनुअघि पूर्वराजा र पूर्वरानी दुवै पूजाआजामा सहभागी हुने गर्थे। 

पूर्वराजा दर्शनका लागि मन्दिर पुग्दा उनका समर्थकले जय जयकार गरेका थिए। 





ट्रेन्डिङ पोस्ट

Ncell