PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

क्रिकेट इतिहासकै अनौठो रनआउट हुनपुगे पाकिस्तानका अजहर अलि



पहिलोपोस्ट

क्रिकेट इतिहासकै अनौठो रनआउट हुनपुगे पाकिस्तानका अजहर अलि
फोटो : गेट्टी इमेजेज

क्रिकेटमा रनआउट हुनु नौलो कुरा हैन। तर यस्तो अनौठो र स्टुपिड रन आउट भने शायदै कसैले देखेका थिए। 

अबु धाबीमा भइरहेको टेस्ट म्याचका क्रममा पाकिस्तानका ब्याट्सम्यान अजहर अली अनौठो किसिमले रनआउट भएका हुन्। 

पाकिस्तानको दोस्रो पारीको ५३ औँ ओभर चलिरहँदाको यो दृश्यले दर्शकहरु पनि छक्क परे- यसरी पनि रनआउट भइँदो रहेछ। 

खासमा अजहर अलीले अस्ट्रेलियाली बलर पिटर सिडलको बलमा अफसाइड शट हाने र रनका लागि दौडिहाले। बल सीधै बाउन्ड्रीतिर गुड्दै गयो। क्रिजमा रहेका अजहर र असद सफिक गफ गर्न थाले। उनीहरुलाई लागेको थियो बलले बाउन्ड्री लाइन पार गरिसक्यो। 

तर खासमा बल बाउन्ड्री लाइन नजिकै पुग्दा टक्क रोकिएको थियो। मिचेल स्टार्कले बल टिपेर विकेटकिपर टीम पेनतिर फ्याँके। पेनले पनि बिना कुनै गल्ती थ्रो गरिएको बललाई टिपेर स्टम्प उखेलिदिए। त्यतिन्जेल अजहर अलीलाई यो कुरा थाहै थिएन। पत्तै नपाई अजहर अली रन आउट हुन पुगे। 

आफू आउट भइसक्दा पनि उनलाई खासमा के भएको हो थाहा नभएको जस्तो लाग्थ्यो। तर नियम त नियम हुन्छ। अजहर ६४ रनमा आउट भएर पेभेलियन फर्किए। 
 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell