PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'मि टु मुभमेन्ट'को अर्को तहल्का, १९ वर्षअघिको बलात्कारमा आलोकविरुद्ध उजुरी



पहिलोपोस्ट

'मि टु मुभमेन्ट'को अर्को तहल्का, १९ वर्षअघिको बलात्कारमा आलोकविरुद्ध उजुरी

नेपाली फिल्मकर्मी दशैंको रमझममा छन्। उता बलिउडमा पनि दशहराको रौनकले छोइसकेको छ। दशहराभन्दा बढी अरु केहिको हल्ला छ भने त्यो हो – मि टु मुभमेन्ट।

आलोकलाई टिभी सिरियल ‘तारा’को निर्देशक विनिता नन्दाले १९ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, आलोकले बलात्कार भएको हुन सक्ने तर आफुलाई त्यसबारे थाहा नभएको भन्दै व्यङ्गात्मक जवाफ दिए।  उनले मानहानिको मुद्दा लगाउँदै लिखित माफी माग्नुपर्ने माग राखे। तर, अब भने विनिताले आलोक विरुद्ध प्रहरीमा उजुरी गरेकी छिन्।

अभिनेत्री तनुश्री दत्तले नाना पाटेकर विरुद्ध प्रहरीमा उजुरी गरेपछि ह्यारेसमेन्टमा परेका अभिनेत्रीहरु खुल्न थालेकी छिन्। गायिका श्वेता पण्डितले अन्नु मलिकलाई सेक्सुअल ह्यारसमेन्टको आरोप लगाएकी छिन्। अहिलेसम्म नानासँगै चेतन भयत, कैलाश खैर, सुवास घाई, विकास बल आलोक मि टु मुभमेन्टको सिकार भएका छन्।

यस मुभमेन्टको पक्षमा अभिनेत्री राधिका आप्ते पनि उभिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell