PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

दशहरामा दुःखद दुर्घटना : अचानक रेल आयो, लाश बिछ्याएर गयो



पहिलोपोस्ट

दशहरामा दुःखद दुर्घटना : अचानक रेल आयो, लाश बिछ्याएर गयो

भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर सहरमा दशहराको पर्वमा रावणको पुत्ला जलाउन भेला भइरहेकाहरुमा रेल कुद्‍दा कम्तिमा ६० जनाको ज्यान गएको बीबीसीले जनाएको छ। 

रेलको लिक नजिकै भेला भएका मानिसहरूले भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्।

स्थानीय पत्रकार रविंदर सिंह रॉबिनका अनुसार  साँझको करिब साढे ६ बजे भएको यो घटना भएको थियो। करिब सात हजार जना त्यो रावण दहन हेर्न भेला भएका थिए। जबकि त्यो ठाउँ दुई हजारभन्दा बढी मान्छे अटाउन नमिल्ने ठाउँ थियो। 

रेल आउँदा लिकमै धेरै मान्छे बसेका थिए। कोही कोही रावण दहनको भिडियो मोबाइलबाट खिच्दै थिए। रावणको पुत्लामा आगो लगाउँदा मञ्चबाट मानिसहरुलाई पछाडि हट्न भनिएको थियो। त्यही कारण पनि धेरै मानिस पछाडि हटेर लिकमा पुगेका थिए। 

प्रत्यक्षदर्शी अमरनाथ भन्छन्, रावणमा आगो लगाउँदा पटाखा पड्किरहेका थिए। यसैबीच एकदमसँग ट्रेन आइपुग्यो। कसैले ट्रेन आएको आवाज सुनेनन्। मैले दुई केटाहरुको हात तानेर उनीहरुलाई बचाएँ। मैले देखेँ २५-३० जनाको लाश बिछ्याइएको थियो। मैले ती लाशहरुलाई उठाएर अर्को ठाउँमा पुर्‍याएँ। मेरो हात रगतले रंगियो। भर्खरै मैले धोएर आएँ। यसमा कति मैले चिनेका मानिसहरु थिए। 

अमित कुमारको घर घटनास्थल नजिकै छ। घटनाको बेला उनी आफ्नो घरको छतमा थिए। भने, 'ट्रेन निकै स्पीडमा आयो। ट्रेनले हर्न दिएको थिएन। त्यो ट्रेनले त्यहाँ उभिएका सबैलाई किच्यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell